स्काउट आधारभूत तालिम आरम्भ

स्काउट आधारभूत तालिम आरम्भ

२०८०/११/२७
प्रदेश स्काउट कार्यालय , कोशी प्रदेश, विराटनगरको प्राविधिक सहयोग, मोरङ क्षेत्र न ५ अन्तरगत पर्ने स्थानीय तहहरु( विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिका , जहदा गाउँपालिका, धनपालथान गाउँपालिका) , जीवन विकास समाज र सहयोगी सस्थाहरुको सहयोगमा र शिक्षा बिकास तथा समन्वय इकाई मोरङको समन्वय र सहकार्यमा मोरङ क्षेत्र नम्बर ५ अन्तरगत पर्ने सामुदायिक बिधालयहरुका शिक्षकहरुको सहभागितामा पुरुष तर्फ कोर्स नम्बर ५५६ र ५५७ औं वि. टी. सी. र महिला तर्फ कोर्स नम्बर ४०७ औ पि. टी. सी. स्काउट आधारभूत तालिम आज औपचारिक रुपमा आरम्भ भएको छ। मोरङ क्षेत्र नम्बर ५ का माननीय तथा जीवन बिकास समाज सस्थाका सस्थापक अध्यक्ष श्री योगेन्द्र कुमार मण्डल ज्युको अध्यक्षतामा भएको उद्द्घाटन कार्यक्रममा माननीय सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री राजेन्द्र कार्की ज्युको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल स्काउट केन्द्रिय सह- प्रमुख आयुक्त श्री किरण गिरी ज्यु, केन्द्रिय आयुक्त श्री रवि खनाल ज्यु, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारी ज्यु, सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव श्री दामोदर फुयाल ज्यु, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख श्री टंक प्रसाद गौतम ज्यु, स्थानीय तहका प्रमुख / अध्यक्ष ज्युहरु, उप- प्रमुख / उपाध्यक्ष ज्युहरु, रास्ट्रीय तथा सहायक रास्ट्रीय प्रशिक्षक ज्युहरु, प्रशासकिय प्रमुख ज्युहरु, स्थानीय आयुक्त ज्युहरु, शिक्षा शाखा प्रमुख ज्युहरु, स्काउट लिडर ज्युहरु, रोभर रेन्जर ज्युहरुको सहभागिता रहेको थियो । तालिममा ५१ वटा बिधालयका पुरुष तर्फ ६१ जना र महिला तर्फ ३२ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालीम २०८०/१२/०२ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय सामाजिक बिकास मन्त्री ज्युले कोशी प्रदेश भरीका सम्पुर्ण बिधालय हरुमा स्काउट संचालन गर्न यस्ता तालीमहरुले सहयोग पुग्ने बताउदै प्रदेश भरी स्काउट आधारभूत तालिम संचालन गरि स्काउट इकाईहरु संचालन गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रमको संचालन प्रदेश परिसद कोशीका सदस्य श्री रिता पाठक ज्युले गर्नुभएको थियो ।