Scout, peace and security training

Scout, peace and security training

मिति २०८०/०८/२९ गते नेपाल स्काउट , प्रदेश स्काउट कार्यालय ,कोशी प्रदेशको विराटनगरको आयोजनामा Finland – Nepal Peace Education Partnership अन्तरगत Scout, peace and security training of trainer कार्यक्रमको उद्द्घाटन भएको छ। प्रदेश सभाका उप- सभामुख माननीय शृजना दनुवार ज्युको प्रमुख आतिथ्यता, सामाजिक बिकास मन्त्रालय , कोशी प्रदेशका निमित्त सचिब श्रीमान फडिन्द्र खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल ज्युको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश सदस्य श्री हेमन्त भण्डारी ज्युले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका ५० जना स्काउट लिडरहरु र रोभर /रेन्जरहरुको सहभागिता रहेको तालीम २०८०/०९/०१ गते सम्म संचालन हुनेछ ।