ट्राफिक सप्ताह २०८० औपचारिक रुपमा उदघाटन

ट्राफिक सप्ताह २०८० औपचारिक रुपमा उदघाटन

२०८०/०३/१९
सडक अनुशासन र सडक दुर्घटना न्यूनीकरणका लागी प्रदेश ट्राफिक प्रहरीको आयोजना एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आजबाट संचालित ट्राफिक सप्ताह २०८० औपचारिक रुपमा उदघाटन भएको छ । कोशी प्रदेशका १४ वटा जिल्लामा एकैपटक शुरूवात भएको सप्ताहको बिराटनगरमा प्रदेश स्तरीय प्रभातफेरि एवं समुदघाटन गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्यमन्त्री श्री हिक्मत कुमार कार्की ज्युको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रदेश स्काउट कार्यालयको संयोजनमा स्काउट लिडर, रोभर/ रेन्जर , स्काउटहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सप्ताह २०८०/०३/२५ गते सम्म संचालन हुनेछ साथै अभियानमा प्रदेशका विभिन्न सहरहरुमा नेपाल स्काउट र ट्राफिक प्रहरी सहकार्य गरि जनचेतनाका लागी विभिन्न कार्यक्रमहरु संचालन हुनेछन ।