धरानमा प्रभातफेरी तथा सर्वधर्म सभा सम्पन्न

धरानमा प्रभातफेरी तथा सर्वधर्म सभा सम्पन्न

२०८०/०६/०६
विश्वशान्ति दिवसको अवसरमा न्यु भिजन ओपन स्काउट क्रियुको आयोजना तथा नेपाल स्काउट, धरान नगर तदर्थ समितिको सहयोगमा प्रभातफेरी तथा सर्वधर्म सभा सम्पन्न भएको छ । शिक्षा निकेतन विद्यालयबाट प्रभातफेरी एम्स एकेडेमी धरान १२ पुगेको थियो ।उनीहरुले एम्स एकेडेमीको प्राङ्गणमा सबै धर्मका चिन्हहरु बनाई विश्व शान्तिको कामना गर्दै सबै धर्मको प्रार्थना गरेका थिए। प्रार्थना सभामा नगर उपप्रमुख एवम् स्काउट नगर प्रमुख स्काउट अईन्द्रविक्रम वेघाको प्रमुख आतिथ्यता एवम् नेपाल स्काउट, कोशी प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल, धरान उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष धनबहादुर राई, किँरात राई यायोख्काका अध्यक्ष राजेन्द्र राई, नेपाल स्काउट कोशी प्रदेश सदस्य हेमन्त भण्डारी, म्यासेन्जर अफ पिसका प्रदेश संयोजक सन्तोष घिमिरे, बेलवारी नगर संयोजक वादल देवान, धरान नगर संयोजक अनुप तामाङ, नगर तदर्थ समितिका सदस्यहरु, स्काउटर, रोभर/ रेन्जर तथा स्काउट विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता क्रियुका सदस्य सचिव बब्लुकुमार साहले गर्नुभएको थियो ।