Local coordinator Meet सम्पन्न

Local coordinator Meet सम्पन्न

२०८०/०९/१०
कोशी प्रदेशका सकृय Messenger of peace का Local coordinator हरुको Meet आज सुन्दरहरैचा नगरपालिका, मोरङमा सम्पन्न भएको छ। MoP कोशी प्रदेशका प्रदेश संयोजक श्री सन्तोष घिमिरे ज्युको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट , प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनाल ज्युको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल स्काउट, रास्ट्रीय प्रधान कार्यालयका निर्देशक श्री राम प्रसाद भट्टराई ज्युले भर्चुअल माध्यमबाट बिशेष सम्बोधन तथा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सदस्य श्री हेमन्त भण्डारी , प्रदेश अधिकृत नवराज घिमिरे लगायत MoP local coordinator हरुको सहभागिता रहेको थियो। Meet ले आगामी पौष १५ गते स्काउट लिडरहरुलाई messenger of peace को अभिमुखीकरण कार्यक्रम संचालन गर्ने र सबै MoP local coordinator को पहलमा सृजनात्मत कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ।