Messenger of peace अभिमुखीकरण कार्यक्रम सम्पन्न

Messenger of peace अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८० पौष १५ गते नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय, कोशी प्रदेश, विराटनगरको आयोजना Messenger of peace को १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धरान -३, सुनसरी स्थित श्री भानुस्मृति माध्यमिक बिधालयको सभाहलमा सम्पन्न अभिमुखीकरणमा कोशी प्रदेशका विभिन्न स्थानीय तहका ५२ जना स्काउटरहरुको सहभागिता रहेको थियो । प्रदेश सदस्य श्री हेमन्त भण्डारी र MoP प्रदेश संयोजक श्री सन्तोष घिमिरे ज्युले स्काउट लिडरहरुलाई अभिमुखीकरण दिनुभएको हो। कार्यक्रममा प्रदेश संयोजक श्री रवि खनाल ज्यु , प्रदेश सदस्य श्री अरुण बस्नेत ज्यु लगायत सहायक रास्ट्रीय प्रशिक्षक ज्युहरु, स्काउट लिडर ज्युहरु, रोभर/ रेन्जरहरु र स्काउटहरुको उपस्थिति रहेको थियो ।